कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

354
views

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ ।

आतंकवादमा आर्थिक सहयोग र आपरााधिक षडयन्त्रमा संलग्न भएको अभियोगमा यासिनलाई दोषी ठहर गरिएको हो । उनी बिरुद्धको मुद्दामा मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको बयान दिए पनि नयाँ दिल्लीको अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय दिएको हो ।

मलिक सहित अन्य सात जनालाई सन् २०१९ को मे २५ मा कश्मिरको श्रीनगरबाट पक्राउ परेका थिए । मलिकसँगै सोही मुद्दामा दोषी ठहर गर्दै अन्य २ जनालाई आजीवन काराबास र ५ जनालाई १० बर्षको सजाय सुनाइएको छ ।

मुस्लिम बाहुल्य कश्मिरमा सन् १९८९ मा भारत विरुद्ध सशस्त्र विद्रोह सुरु भए यता दशौं हजार मानिस मारिएका छन् । मलिकलाई जन्मकैद सजाय दिइएपछि उनकी श्रीमतीले ट्वीट गर्दै भारतीय अदालतलाई कङगारु अदालतको संज्ञा दिएकी छन् । तर, यासिनले आत्मसमर्पण नगर्ने पनि उनले जनाएकी छन् ।

उता, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले मलिक प्रकरणलाई भारतीय लोकतन्त्रका लागि कालो दिन भनेका छन् । शारिरीक रुपमा मलिकलाई कैद गरेपनि स्वतन्त्रताको बिचारलाई कैद गर्न नसक्ने सरिफको तर्क छ ।

जम्मु कश्मिीर लिवरेशन फ्रन्टका नेता मलिकलाई मृत्युदण्डको सजाय माग गरिएकोमा अदालतले जन्मकैदको सजाय सुनाएको हो । फैसला सुन्न अदालत अगाडि सयौं मानिस जम्मा भएका थिए ।