मेची महाकाली साइकल यात्रामा पर्वतका सुवेदी

519
views

निर्मल पौडेल
पर्वत, १९, जेठ । पर्वतको कुस्मा नगरपालिका– १० पिपलटारीका युवा सन्देश सुवेदी मेची महाकाली साइकल यात्रामा निष्किएका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजमा आवद्ध भएर स्वयंसेवा र सामाजिक समावेशीतामा सहयोग पुर्याउने उद्देश्यले मेची महाकाली साइकल यात्रामा निष्किएका हुन् ।

पर्वतबाट यात्रा शुरु गरेका सुवेदीले काँकडभित्तामा रक्तदान गरेका छन । मेचीको काँकडभित्तामा पुगेर मेची साइकल संघको सहकार्यमा रक्तदान गरेका हुन् ।

रक्तदानपछि सुवेदीले भने “यहाँ रक्तदान गरी मेची पुलबाट बिदाइ भएँ, मेरो यात्रामा शुरुवातदेखी विश्व साइकल यात्री अजित बराल र साइकले सन्तोष गिरीको साथ पाएको छु ।’

नेपाल स्वयम्सेवी रक्तदाता समाज र नेपाल रेडक्रस सोसाइटीको आजिबन सदस्य समेत रहेका सुवेदी रक्तदानसँगै सामाजिक कार्यमा अग्रसर छन् ।

उनले काँकडभित्ता, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, तुल्सिपुर लगायतमा रक्तदान कार्यक्रम गरि जम्माजम्मी २ सय ८४ युनिट रगत संकलन गरेको बताएका छन ।