नेकपा (वहुमत) छैंटौ बैठक सम्पन्न

350
views

पर्वत, २०, जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वलाई कार्वाही गरेर पुर्नगठित भएको नेकपा (वहुमत) पर्वतको छैटौं विस्तारित वैठक सम्पन्न भएको छ । शुक्रबार कुश्मा बजारमा सम्पन्न बैठकले २३ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ ।

सो पार्टीका जिल्ला संयोजक प्रकाश जङ्ग लामिछानेको संयोजकत्वमा बसेको बैठकले कार्यालय सचिवमा टिका नेपालीलाई चयन गरेको छ ।
यसैगरी जिल्ला समितिको सदस्यहरुमा डम्वर क्षेत्री, नवराज शर्मा,रेशम सेञ्चुरी, वसन्त भण्डारी, डिवि विक, दिलमान केसी, छत्र वहादुर रेग्मी ‘किसान’ राम काली नेपाली, मिन वहादुर गुरुङ र सरेस लाई चयन गरेको छ ।

जिल्ला समितिको अन्य सदस्यहरुलाई पालिका स्तरीय नेतृत्वबाट थप गर्ने निर्णय समेत गरेको नेकपा (बहुमत) ले जनाएको छ ।