जिपि फाउन्डेसन पर्वतद्धारा पालिकाहरुमा अन्त्रकृया

263
views

महेन्द्र जिसी
पर्वत, २६, जेष्ठ । नेपाली काँग्रेश नेता एवं पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको स्मृतीमा गठन गरीएको फाउण्डेशनले जिल्लाका सात वटै स्थानीय तहमा पुगेर अन्त्रकृया गरेको छ । स्वर्गीय गिरिजा प्रसाद कोईरालनको स्मृतीमा गठीत जिपि फाउन्डेसन पर्वतले पालिका स्तरीय अन्त्रकृया शुरु गरेको हो । अन्त्रकृयामा १९८१ मा जन्मेका गिरीजा प्रसाद कोईरालाको राजनीतीक जीवनी तथा मुलुकमा गरेको योगदानको चर्चा गरेर काईरालबाट अहिले सरकारहरुले सिक्नु पर्ने कुराको बारमा चर्चा गरीएको हो ।

२०६६ चैत्र ५ मा निधन भएका कोईरालाले विराटनगरको जुट मिलको मजदुर आन्दोलनबाट सकृय राजनीति गरेका र त्यसपछि निर्दलीय व्यवस्थामा प्रवाशीनु परेको देखी शसस्त्र दश वर्षे जनयुद्धलाई १२ बुँदे सहमती कायम गरी मुलकलाई संघिय गणतान्त्रीक व्यवस्थामा पुराएको योगदानको चर्चा सहीतको कार्यपत्र प्रस्तुत गरीएको हो । कार्यपत्र फाउण्डेशनका अध्यक्ष बसन्त बहादुर सिकेले प्रस्तुत गरेका हुन ।

स्थानीय तह कार्यन्वयन प्रदेश र केन्द्रको संयोजनका बारेमा सामाजीक विकास कार्यलयका प्रमुख मोहनचन्द्र सुवेदीले प्रष्ट पारेका हुन । संघिय लोकतान्त्रिक गणतन्त्र शुरु भएको दोस्रो कार्यकालमा पुग्दा गणतान्त्रीक व्यवस्था मजबुत बनाउन र यसको परिकल्पना संविधान सभाद्धारा संविधान निर्माण र जारी गर्नुमा कोईरालको योगदान रहेको बारेमा चर्चा गरीएको हो ।

पलिकाका प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका उप प्रमुख तथा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो। अन्त्रकृया फाउण्डेशनका सदस्य याम बहादुर परियारको प्राविधि संयोजन र सचिव गुप्त निधि शर्माको सञ्चालनमा जिल्लाका तीन पालिकामा सम्पन्न भईसहेको छ ।

यस्तै फाउण्डेसनले आगामी दिनमा पर्वतका सबै पालिकामा पुगेर स्वर्गीय गिरिजा प्रसाद कोईरालाको योगदानको बारेमा स्थानीय सरकारका प्रमुखहरुलाई जानकारी गराउँदै गणतान्त्रीक मुलक सफल बनाउन अन्त्रकृया मार्फत फाउण्डेशन लागि परेको अध्यक्ष बसन्त बहादुर सीकेले जानकारी दिए ।