पब्जी खेल्न नदिएको रिसमा आमाको हत्या

425
views

काठमाडौं, २६, जेठ । भारतको लखनउमा पव्जी खेल्न नदिएको झोकमा छोराले आमाको हत्या गरेका छन् । लखनउको यमनापुरम कोलोनीका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका हुन ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।

उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे ।

प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।