विश्वकप क्रिकेट लिग टु : आज नेपाल र ओमान खेल्दै

617
views

जेठ २६, काठमाण्डौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै खेल्ने भएको छ ।खेल नेपाली समय अनुसार राति सवा ९ बजे खेल्ने भएको हो ।


। नेपालले आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ ।नेपालले तेस्रो खेलमा फेरि ओमानसँग ३१ गते र अन्तिम खेलमा नेपालले अमेरिकासँग असार १ गते खेल्ने छ ।