मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर ज्यान गयो

657
views

जेठ, २६, वाँके । बाँकेको दाहसंस्कारका लागि गएका दुई युवाको राप्ती नदिमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । हुम्लाको सिमिकोट–८ घर भइ अहिले नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिवल शाही र लेकराज छन्तेलको राप्ती नदिमा पौडी खेल्ने क्रममा डुवेर ज्यान गएको हो ।आज बिहान राप्ती नदीमा  शव फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार बुधवार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि हिजो बेलुका खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । उनीहरु पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका आशङ्का गरिएको छ ।

बिहीवार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ मा रहेको सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँको धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।