खप्तड–शैलेश्वरी म्याराथनमा सेनाका शाही प्रथम

349
views

जेठ ३०, डोटी । सुदूरपश्चिमा आयोजना गरिएको खप्तड–शैलेश्वरी म्याराथन २०७९ प्रतियोगितामा नेपाली सेनाका सुशीलकुमार शाही प्रथम भएका छन् । सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा शाही प्रथम भएका हुन्

‘सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९’ नाम दिइएको प्रतियोगितामा भवानी बक्स गण अछामका अमलदार शाही प्रथम भएका हुन् । बिहान ६ बजे खप्तडको त्रिवेणी मन्दिरबाट सुरु भएको म्याराथन दौडमा उहाँ २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा शैलेश्वरी मन्दिर सिलगढी पुग्नु भएको हो ।

प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जदेखि डोटीको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा रहेको शैलेश्वरी मन्दिरसम्म ३२ किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसैगरी, म्याराथनमा रणबम गण डडेलधुराका सिपाही नरेशसिंह बोहरा दोस्रा भए । यस्तै रणबम गणकै सिपाही रामसिंह पाल तेस्रो भए । म्याराथनमा १ सय २० जना सहभागी भएका थिए ।म्याराथनमा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी ५ जनालाई १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार र ३२ जनालाई प्रोत्साहन स्वरुप ३ हजार रुपैयाँ दिइएको छ ।