युवा गजलकार निर्मल पौडेल एन.पि.घायलको गजल

632
views
गजल
एक पटक मात्र हो र बारबार पुग्यो !
पुग्नु नपर्ने जो थियो लगातार पुग्यो !!
 
यहाँ सधैं अभाव भोक शोक आउँछ !
सरकार तँ भन्छन् सिँहदरवार पुग्यो !!                   
जस्ले हिजो यो ठाउँ स्वर्ग वनाउँ भन्थ्यो !
उही आज गाउँ छाडी किन वजार पुग्यो !!
 
मलाई नपुगेको त्यै तिम्रो साथ न हो !
तिमिलाई सिंदुर पोते चुरा हार पुग्यो !!
 
काट्न त तिमिले दोबाटो काटेकी हौ !
तर `घायल´ मुटुमा सिधै मार पुग्यो !!
एन पी घायल फलेवास ७ लिमिठाना पर्वत !