मगर समुदायले आज भूम्या पर्व मनाउँदै

573
views

असार १, काठमाण्डौ। मगर समुदायले आज प्रकृतिको पूजा गरेर भूम्या पर्व मनाउँदैछन् । भूम्या पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्ति नआओस्, बालीनालीमा किरा नलागोस् खेतीपाती राम्रो होस भनेर मगर समुदायले हरेक असार १ गते भूम्या पर्व मनाउने प्रचलन रहेको छ।

खासगरी यो पर्व रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँमा धुमधामका साथ मनाउने गरिन्छ । आज काठमाण्डौको खुल्ला मञ्चमा विशेष कार्यक्रम हुने नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले वताए ।भुमेर भूम्या पर्वको अघिल्लो दिन युवा युवतीले बुकी तथा अग्ला पहाडबाट ल्याएको फूल हरेक घरमा भित्र्याएपछि भूम्या भित्रिएको मानिन्छ । असार १ गते बिहान पूजा गरेपछि नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।