कोही कसैको दवावमा देशलाई आघात पुग्ने सम्झौता गर्दिन ः प्रधानमन्त्री देउवा

319
views

असार १, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिविना कुनै पनि सम्झौता नगर्ने वताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा देउवाले देशलाई आघात पुग्ने कुनै पनि सन्धी सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिँदैमा आफूले नमान्ने जिकिर गरे।

फाईल फोटो

शीर्ष नेताबीचको छलफलबारे जानकारी दिँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभइ प्रधानमन्त्री देउवाले कुनै पनि सम्झौता गर्न नहुने वताए । संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी बारे सार्वजनिक बहस चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूबीच भएको भेटमा संसदमा जारी बजेटसम्बन्धी छलफल तथा बजेट पारित गर्ने लगायतका विषयमा छलफल भएको अध्यक्ष यादवले वताए