संविधान संसोधनका विषयमा बालुवाटारमा तीन दलको बैठक

563
views

काठमाण्डौ, २७, असार । प्रधानमन्त्री निवास वालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको बैठकमा संविधान संसोधनको विषयमाथि छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेलाई संविधान संसोधनका विषयमा मनाउन प्रयत्न स्वरुप तीन दलका शीर्ष नेताहरुको बैठक बसेपनि एमालेले संविधान संसोधनलाई नकार्दै आइरहेको छ । एमालेका केही नेताहरुले भने स्थानीय निर्वाचनपछि संविधान संसोधनको विषयमा छलफल गर्न सकिने बताउँदै आएका थिए । यसैबीच, समानान्तर रुपमा सरकार गठबन्धनका दलहरु कांग्रेस र माओवादी केन्द्रले एमाले विना नै संविधान संसोधनका लागि दुई तिहाइको गणीत जुटाउने अभ्यास पनि गरिरहेका समाचारहरु बाहिर आएका छन् । यसै हप्ताभित्र सरकारले संविधान संसोधनको प्रक्रिया अगाडि बढाउन सक्ने बताइएको छ । यसका लागि सत्तारुढ दलहरुले साना दलहरुसँग पनि वार्ता सुरु गरेका छन् ।