एमालेले विरोध गरेपनी राष्ट्रियसभामा विनियोजन विधेयक पेश

284
views

असार ३ ,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । एमालेले विरोध गरेपनी राष्ट्रियसभामा विनियोजन विधेयक पेश गरीएको हो ।

शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गर्नु भएको हो । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहनु भएको थियो । यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गगरे । राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आईतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।