इजरायली सेनाको आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु १० घाईते

400
views

असार ३ , एजेन्सी । इजरायलको वेस्ट बैंकस्थित सशस्त्र प्यालेस्टाइनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।

यसैगरी आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीनजनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाका ले जनाएको छ ।

एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन् । त्यहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ ।

फोटोग्राफरले जेनिनको शवगृहमा तीन जनाको शव देखेको बताए । उनीहरूको पहिचान जेनिनका २३ वर्षीय युसेफ सलाह, २४ वर्षीय बारा लहलुह र २४ वर्षीय लैथ अबु सरुर रहेको बताइएको छ ।