एसीसी महिला टि २० च्याम्पियनसिपमा नेपाल र कुवेत भिड्दै

608
views

असार ४ ,काठमाडौं । एसीसी महिला टि २० च्याम्पियनसिप अन्तर्गत नेपालले आजको दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

मलेसियाको किनरारा मैदानमा नेपाल र कुवेत भिड्ने भएका हुन् ।
यो खेल खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ । नेपाल शनिबार लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा बिहीन बनेको थियो ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ ।च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने छ ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टि(२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।