घिमिरेका तिन मुक्तक

856
views

नचाहाँदा नचाँहादै हार भयो जीवनमा ।
जे चाहेको थिएन मैले बारम्वार भयो जीवनमा ।
संघर्ष सबै सम्झौतामा परिवर्तन भएपछी।
लाग्छ जिन्दगी जिउनु पनि बेकार भयो जीवनमा ।

केही लागेन लेख्नेले भाग्य केरकार गरेपछि ।
जिन्दगीले चोट ठक्कर वारम्वार गरेपछि ।।
तिमी लड्दै जानु तिम्रै साथमा छु भन्दै ।
पछाडी वाट वगालीमा हतियार गरेपछी ।।

धेरै मरेँ जिन्दगीमा थोरै जिएर आएको छु ।
तिम्रै यादमा आँसु सँगै सराव पिएर आएको छु ।।
सुनाउँछु आज दिल खोली अतितको कहानी ।
धुलो जमेको पुरानो डाएरी लिएर आकोछु।।
सुवोध घिमिरे वुटवल