बंगलादेशमा बाढीले वगाएर ३२ जनाको मृत्यु लाखौं विस्तापित

482
views

असार ८ ,काठमाडौं । बंगलादेशमा भारी वर्षापछि आएको वाढीले वगाएर ३२ जनाको ज्यान गएको छ ।लाखौं मानिसहरु घरबार बिहिन बनेका छन ।

फाइल फोटो 

बंगलादेशको उत्तर पूर्वी क्षेत्रमा हजारौं घरहरू डुबानमा परेका छन् । बाढी बस्तीमा प्रवेश गर्दा सडक, हवाई र यातायात समेत अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति समेत बन्द भएको छ । बंगलादेशकी प्रधानमन्त्री शेह हसिना वाजेदले हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गरी उद्धार र विस्थापित भएका मानिसलाई राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

बाढी प्रभावित ३ लाख सर्वसाधारणलाई भने हाल विभिन्न विद्यालयहरूमा आश्रयस्थल बनाई राखिएको छ । बंगलादेशमा प्रत्येक वर्ष मनसुन सुरु भएपछि बाढी आउँदा थुप्रै मानिसको मृत्यु हुने गरेको छ ।