सरकारी कागजात किर्ते र नक्कली हस्ताक्षरको मुद्दामा एमाले सांसद खातुन पदमुक्त

370
views

असार ८, काठमाडौं । प्रदेश १ वाट निर्वाचित नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् ।

सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुनको पदमुक्त भएकी हुन् ।

मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला विरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका फैसलालाई सदर गर्दै मुद्दा नै खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको दावी नपुग्ने भन्दै मुद्दा दोहोर्याउन अनुमति दिन नमिल्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते नै उक्त मुद्दामा फैसला गरी कसुर ठहर गरेको थियो ।

त्यसपछि सांसद खातुनले उच्च अदालत विराटनगरमा पुनरावेदनको निवेदन दिनुभएको हो । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले खातुनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोक्ने जिल्लाको आदेश उल्ट्याउँदै एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ ३३ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

सांसद खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालिन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखत समेत नक्कली बनाएर जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकालेकी थिइन् ।

एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उहाँ विरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो ।