सुन चाँदीको भाउ घट्यो

575
views

असार ८, काठमाण्डौ । आज सुन र चाँदीको भाउ घटेको छ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो ।

हिजो तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९७ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।