रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै आयोगमा उजुरी

519
views

असार, ८ ,काठमाडौं । पत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा रवीको दल दर्ताको माग विरुद्ध उजुरी दिएको हो ।

एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएका आएकाहरु उहाँलाई भेट्न जानु भएको छ,’ उनले भने ।अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ ।

रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’