दैलेखकी चेली अन्तराष्ट्रिय युवा सम्मेलनमा चयन

412
views

सुर्खेत । भारत को पटना , बिहारमा हुने यूथ कलाम कन्फ्रेंन्स अन्तराष्ट्रीय स्तर को युवा सम्मेलनमा दैलेखकी लक्ष्मी सिजापती चयन भएकि छन् ।

भारतको पटनामा हुने अन्तराष्ट्रीय स्तर को युवा सम्मेलनमा नेपालबाट १० जना सहभागि हुने छन् । जस्मा कर्णाली प्रदेशमा पर्ने दैलेखको महाबु गाउँपालिकाकी लक्ष्मी सीजापती को चयन भएकि छन् ।

अन्तराष्टिय कन्फेन्समा नेपाल लगायत विभिन्न देशका युथहरु सम्मेलनमा आफु चयन भएकोमा आफुलाई भाग्यमानी ठानेको सिजापतिले बताइन् । नोपल लगायत विभिन्न देशका युथहरुसँग बस्न पाउदा उत्साहित छु,’ उनले भनिन्, ‘कन्न्फ्रेंसमा मैले विभिन्न देश का युवाहरु संग भेट्न र उनको अनुभव प्राप्त गर्छु र सिकेको कुरा आफ्नो जिल्लाको विकासको सारथी बनाउँछु ।’

यूथकलाम कन्फ्रेंन्समा भारत नेपाल, बंग्लादेश, म्यामनार, श्रीलंका, भूटान र अन्य देश का युवा हरु पनि सहभागी हुनेछन् ।