सिमखेतमा भिषण पहिरो, १० घर पहिरोको जोखिममा

381
views

नम्रता शर्मा
पर्वत, ८, साउन । पर्वतको कुश्मा नगरपालिका वडा नं-१० सिमखेतमा तीनअघि परेको अविरल वर्षाका कारण गएराती भिषण पहिरो गएको छ । पहिरो आसपासका १२ घर जोखिममा परेका छन भने तीन घर उच्च जोखिममा रहेको स्थानीय नारायण प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

उक्त पहिरोमा मानविय क्षति भएको छैन् । पहिरोले खेतीयोग्य जमिन नष्ट गरेको छ । पहिरोले ठुलो क्षेत्र ओगटेका कारण मानविय क्षति हुन नदिन सचेत रहँदै समयमा नै पहिरो व्यवस्थापन गर्न सम्बन्धित निकायसँग अनुरोध गर्दछौं स्थानीयवासी शंकर सुवेदीको भनाई छ ।

वर्षायामका कारण थप पहिरो जाने भएकोले मानविय क्षति रोक्न सम्बन्धित निकायले छिट्टै पहल गरोस् सुवेदीले भने ‘सो पहिरोले तीनसय मिटरसम्म क्षति पुर्‍याउने सम्भावना देखिएको छ ।’