चुच्चे नक्सा जारी गरेका कारण प्रधानमन्त्रीबाट हट्नुपर्यो : ओली

514
views

काठमाण्डौ, १६, साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको) त्यो भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताए ।

आज सोमवार काठमाण्डौमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा अध्यक्ष ओलीले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री पद गुमाउनु पुगेको बताए ।

ओलीले नाकाबन्दी सधैँका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउनु परेको उल्लेख गरे । उनले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न सत्तारूढ दलहरूलाई पटक–पटक सचेत गराए ।

कार्यक्रममा २०२६ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा दक्षिण छिमेकीको १७ वटा सैन्य पोस्ट उत्तरी सिमानामा राख्ने गरी भएको सम्झौता हटाउने काम गरेबापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए ।