म्याग्दीमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता

378
views

बेनी, १७, साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ ।

उक्त पहिरोमा तीन जना बेपत्ता भएका छन् । घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोमा पुरिएका गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन् ।

स्थानीयबासीले बेपत्ताको खोजी गरिरहेका छन् ।