साफ यू–२० च्याम्पियनसिपः बंगलादेशसँग खेल्दै नेपाल

309
views

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ ।

प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । जारी प्रतियोगितामा बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल र भारतको समान ६–६ अंक भएपनि हेड टु हेडमा भारत दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ ।

मंगलबार बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत र माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।

यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । यस्तै, माल्दिभ्स र भारतबीच बराबरी भए नेपालले बंगलादेशलाई जुनसुकै गोलअन्तरमा हराएपनि फाइनलमा पुग्नेछ ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।