अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु

114
views

एजेन्सी । अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ । लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो । ती क्षेत्रमा सयौँ घाइते भएका समाचार संस्था बख्तरले जनाएको छ ।

बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन् । सयौँ घरहरूमा क्षति पुगेको छ । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा केहीदिन अगाडिको बाढीमा महिला र बालबालिकासहित ४० जनाभन्दा धेरैको ज्यान गएको थियो ।