नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसन पर्वतको अध्यक्षमा–दयाराम गौंडेल

510
views

पर्वत, ५, भदौ । नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसन जिल्ला समिति, पर्वतको तेस्रो जिल्ला अधिवेशन कुश्मा बजारमा सम्पन्न भएको छ । तेस्रो अधिवेशनले दयाराम गौंडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा टंक शर्मा (खुर्कोट), सचिवमा मनोज कुमार शर्मा, सह–सचिवमा लक्ष्मी लामिछाने र कोषाध्यक्षमा मोहन शर्मा पौडेललाई निर्वाचित गरेको छ ।

नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसन जिल्ला समिति, पर्वतको सदस्यहरुमा नयनाथ गौतम, कमलकान्त उपाध्याय, अर्जुन क्षेत्री, रमेश पौडेललाई निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले विधान अनुसार २ सदस्य मनोनित गर्ने व्यवस्था समेत रहेको छ ।

पर्वतको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन शत्रमा शुभकामना व्यक्त गर्दै नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेशका संयोजक सरोज देवकोटाले पेशागत हकहितका लागि लेखापढी कानून व्यवसायिहरु गोलवन्द हुन आवश्यक रहेको बताए ।

देवकोटाले अग्रजहरुको सम्मान गर्दै पेशालाई मर्यादित बनाउन लेखापढी कानून व्यवसायिहरु लाग्नुपर्ने बताउँदै माटोसँग प्रत्यक्ष जोडिएका व्यवसायिहरुले कमाईलाई भन्दा पनि सेवामुलक बन्नुपर्ने बताए ।

देवकोटाले न्यायिक अदालतमा वकालत गर्ने अधिवक्ताहरु र अध्र्ध न्यायिक अड्डामा कलम चलाउने लेखापढी कानुन व्यवसायिहरु भएको बताए ।

कार्यक्रममा नेपाल वार एशोसिएसन पर्वतका अध्यक्ष दिलीप पौडेलले लेखापढी व्यवसायि र वकिलहरुको सम्बन्ध नङ र मासुको रहेको बताए ।

कार्यक्रममा नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसनका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका सचिव मणी प्रसाद भुसालले पेशागत हकहितका लागि लेखापढी व्यवसायिहरु एक हुनुपर्ने बताउँदै आफ्नो पेशालाई मर्यादित र सेवामुलक बनाउनुपर्ने जोड दिदैं नवनिर्वाचित कार्य समितिलाई वधाई समेत दिए ।

कार्यक्रममा मालपोत कार्यालय पर्वतका सूचना अधिकृत उमेश सापकोटाले लेखापढी कानून व्यवसायि र मालपोत कार्यालय एकअर्काबीच अभिन्न अंगको रुपमा रहेको बताए ।

नेपाल लेखापढी कानून व्यवसायि नरेन्द्र प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसनका केन्द्रिय सदस्य ज्ञानु कुमारी थापा, नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसनका प्रदेश सदस्य बाबुराम शर्मा, नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसन म्याग्दीका अध्यक्ष लाल बहादुर भण्डारी, नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसनका बाग्लुङ अध्यक्ष कल्पना श्रेष्ठ, नेपाल लेखापढी कानून व्यवसायि एशोसिएसन पर्वतका पुर्व अध्यक्ष टंकनाथ पौडेल र पूर्व कोषध्यक्ष युगनाथ शर्माले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशन उद्घाटन सत्रमा पुष्प बहादुर केसीले स्वागत एवं गोपल जिसीले सञ्चालन गरेका थिए ।