मुक्तक

684
views

⌊मुक्तक⌋

चुम्न सकेको देख्यौ र लक्ष्य सजिलो बाटोबाट
फर्क परदेशी भविष्य खोज मार्तृभूमिकै माटोबाट
हेपिएको सुखभन्दा पुजिएको दुःखै राम्रो भन्छन्
व्यन्जनको स्वाद पाउन सक्छौ खोले र आटोबाट

मूल्याड।कन हुने गर्छ तिम्रो असल कर्मबाट
जो प्रभावित हुने गर्छ अरूको दुःख मर्मबाट
बाहिरी ईश्वर भन्दा मनको ईश्वर चिन्ने गरौं
बल्ल मुक्ति मिल्न सक्छ सत्कर्मको धर्मबाट
……………………………………
⌈गजल⌉
जिउॅदो छॅदा मुख परेन फलफुल देखिन्छ लासमा 
चिल्लो गाडी थन्काएर जानुछ एकदिन बासमा ।।

अभावै अभाव र तनावमा बितिगयो सारा जीवन
बुढौंलीसॅगै काल जप्दै बसे बुबाआमा सधैं आसमा ।।

सावाँ व्याजको भार थाप्लोमा औंला गन्दै गए दिन
पिडाको भारी थपिदै जॅादा झर्थ्यो ॲाशु गॅासमा ।।

तेरो मेरो भन्नु बेकार हो दुनियॅा रहेछ सबै देखावटी
जलेर भस्म भई विलिन हुनु रहेछ जीवन खासमा ।।

जन्मदाताको बलिदान सारा बिर्सिदिन्छौं सबै कसरी
आज डुबुल्की मारिरहन्छौं उनकै हेर श्रमको रासमा ।।

लक्ष्मी काफ्ले
पोखरा लामाचौर-१९