नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज

655
views

काठमाण्डौ, १०, भदौ । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ ।

हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । नैरोबीमा जितका लागि पाएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

दुई देशबीचको तेस्रो खेल पर्सि आइतवार, चौथो खेल भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ ।

तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।