प्रतिनिधि सभा निर्वाचनमा ८७ दल सहभागी हुने

374
views

काठमाडौं, १०, भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा ८७ वटा राजनीतिक दल दर्ता भएका छन् ।

त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै समूहमा सहभागी हुने दलको संख्या ४ रहको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२ र गण्डकीमा ६६ दल सहभागी हुने भएका छन् । यसैगरी लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४÷६४ दल सहभागी हुने आयोगले जनाएको छ ।

प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४÷४ वटा रहेका छन् ।