नेपाली सेनाको जवान पदमा भर्ना खुल्यो

619
views

काठमाडौँ, २४, भदौ । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो ।

माग गरिएका कोटामध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरिसक्नुपर्ने सेनाले जनाएको छ ।

भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ । महिलाको हकमा भने उचाइ ५ फिट तौल ४० किलोग्राम हुनुपर्ने तोकेको छ ।