बेलायती महारानीको शोकमा दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो

592
views

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ ।

उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नुभएको छ ।

चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताउनुभएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ ।

नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनुभएको थियो ।