युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

406
views

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो ।

जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ ।

कारका चालकलाई तत्काल एम्बुलेन्सले अस्पताल पु¥याएकाले राष्ट्रपति जेलेन्स्की पनि घाइते भएको अनुमान गरिएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् । ईमेजखबरबाट