मंसिर ४ को ब्याटल जित्नैपर्छ- प्रचण्ड

384
views

काठमाडौं, ३०, भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनको ब्याटल जित्नैपर्ने बताएका छन् ।

पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवस समारोहलाई आज (बिहीबार) पार्टी मुख्यालय, पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने,‘अब हुने निर्वाचन एक किसिमको ब्याटल नै हो । यो ब्याटल जित्न, हामीले अनुशासित हिसाबले पहल गर्न जरुरी छ ।’

प्रचण्डले स्थानीय तहको निर्वाचनबाट पनि गठबन्धनभित्रबाट शिक्षा लिने कुरा र पार्टीभित्रको सन्दर्भमा पनि शिक्षा लिएर यो ब्याटलमा हामीले आफूलाई एउटा फौजको रुपमा अगाडि बढाउने भनेर प्रयास गरिरहेका छौं ।’

प्रचण्डले माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टहरुको प्रयास नभएको भए देश संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव नभएको दाबी गरे । उनले माओवादी कमजोर हुँदा राष्ट्र नै कमजोर हुने टिप्पणी गरे ।