प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल पूरा

317
views

काठमाण्डौ, १, असोज । प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिदै छ ।

सरकारले प्रतिनिधि सभाको ११ औँ अधिवेशन अन्त्य गर्न हिजो राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ । आज राति १२ बजेदेखि बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधि सभा निष्क्रिय हुनेछ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि भोलि र पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका रहेकाले आजदेखि संसद्को कार्यकाल पूरा हुन लागेको हो ।

२०७४ सालको मंसिर १० र २१ गते चुनाव भएपछि फागुन २१ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको यो कार्यकालमा ७५ विधेयक पारित भएको छ भने यसबीचमा ४९ वटा अध्यादेश ल्याइएको छ । २७ विधेयक भने निस्क्रिय भएका छन् ।

प्रतिनिधि सभाको यो कार्यकालमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको छ भने लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको चुच्चे नक्सा सर्वसम्मत पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिएको छ ।