अछाम पहिरो : १२ जनाको मृत्यु, ११ जना बेपत्ता

319
views

काठमाडौं, १, असोज । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका–८ मा पाँच जना, कमलबजार कै वडा नम्बर–६ मा ४ जना, तुर्माखाँद गाउँपालिका–५ मा दुई जना र ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाक उद्धार गरिएको छ ।