सुन तोलामा ३ सय बढ्यो, प्रतितोला ९१ हजार ८ सय रुपैयाँ

376
views

काठमाडौं, २, असोज । गत साता लगातार घटेको सुनको मूल्य साताको पहिलो दिन बढेको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेर बजार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रवार तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आइतबार तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कायम भएको छ।गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला ११ सय ७० रुपैयाँमा थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६७५.२२ डलर र चाँदी प्रतिऔंस १९.६१ डलरमा मा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतिऔंस १६६४.१८ डलर र चाँदी प्रतिऔंस १९.१८ डलर थियो ।