जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने नेपाल बारको घोषणा

285
views

काठमाडौं, २, असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

आइतबार बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् ।

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।

प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको जबराको तर्क छ ।