पहिरोले अवरुद्ध पाल्पा-बुटवल सडक खुलाउने प्रयास

306
views

पाल्पा, २१, असोज । पाल्पा बुटवल सडकखण्ड खुलाउने प्रयास भैरहेको छ । सडक खुलाउन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

सिद्धार्थराजमार्ग अन्तर्गत हिउँदे खोला, सिद्धबाबा, भालेबास लगायतका क्षेत्रमा गएराति पहिरो गएपछि बाटो बन्द भएको हो । बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यस्तै पाल्पा – वालिङ्ग सडकखण्ड र पाल्पा रिडी सडकमा भने अवरोध छैन । तर विभिन्न ठाउँमा पहिरो झरेपछि साना गाडीलाई समस्या भएको छ ।