राष्ट्रिय स्वतन्त्र पार्टीबाट नुवाकोटमा उठेका पाण्डेसँग दलका उम्मेदवार त्रसित

874
views

नुवाकोट, २४, असोज । आगामी मंसिर ४ मा तय भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने नुवाकोटमा उठेका मध्ये सबैभन्दा नामुद उम्मेद्वार हुन्, सुमन बिक्रम पाण्डे । नुवाकोटबाट प्रतिनिधि सभामा सांसद बन्ने सपना देखेका पाण्डेको चर्चाले प्रमुख राजनीतिक दलहरुलाई समेत आफ्नो उम्मेद्वारको मत काट्लान् भन्ने चिन्ता बढ्न थालेको छ ।

संघीय राजधानी काठमाण्डौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोट तथा रसुवा जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा समाजसेवामार्फत छुट्टै पहिचान बनाएका सुमन बिक्रम पाण्डेले आगामी निर्वाचनमार्फत आफुलाई जन-प्रतिनीधिको रुपमा अघि बढाएका छन् । नुवाकोट दरवार क्षेत्रको भूटोल बजारमा जन्मेका पाण्डे स्थानीय जनताका सुखदुखका सारथी बन्दै आएका छन् ।

मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका छन् । लामो समयदेखि पर्यटन सेवाका साथै समाजसेवामार्फत राजनीतिमा जोडिएका पाण्डेले अव जान्नेलाई छान्ने मूल मर्मका साथ राजनीतिमा अघि बढेका छन् ।

पण्डे स्वदेशमा मात्र नभई पर्यटन ब्यवसायमार्फत बिदेशमा समेत प्रख्यात कमाएका छन् । प्यासिफिक एसिया ट्राभल एजेन्सी मार्फत नेपालको नाम दर्ज गरेका छन् । त्यस्तै, एक्प्लोर हिमालयन ग्रुपका अध्यक्ष रहि कार्य गरिरहेका पाण्डे धेरै संस्थाका संचालक रहि कार्य गरेको अनुभव समेत बटुलेका छन् । हरेक विपत्तीमा नुवाकोटे जनतालाई सक्दो सहयोग गर्ने गरेका छन् । आफूलाई नुवाकोटको मात्र नभई देशको बिकास र जनताको आर्थिक उन्नती कसरी गर्न सकिन्छ भन्ने हुटहुटी जागेको बताउछन् ।

पण्डेले अहिले पनि आफुनो ब्यवसाय मार्फत ५ सय जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदै आएका छन् । उनले जनताको सेवाको लागी आफु मैदानमा आएको बताउछन् । ट्रेकिङ एजेन्सी नेपाल (टान २००१ देखि २००३) को अध्यक्ष रहि नेपालका पर्यटन ब्यवसायिहरुको माझ परिचित छन् । २००४ देखि २०११ सम्म पर्यटन बोर्डको कार्य समिति सदस्य रहि पर्यटन क्षेत्रमा धेरै परिवर्तन तथा नियमहरु कार्यान्वयन गर्ने भूमिकामा रहे । २००७ देखि २०१४ सम्म फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे हाल संचालकको भूमिकामा समेत रहेका छन् । समिट एयर, एलफ्ट काठमाण्डौं होटल तथा छायादेवी कम्प्लेक्सका संचालक हुन् ।

नुवाकोटका शिक्षाविद्, सामाजिक तथा सांस्कृत विद् स्वर्गीय श्यामसुन्दरले समाजसेवामा ताते गर्न सकिाएका पाण्डे हाल देश बिदेशमा परिचित नाम रहेको छ । उनी पर्यटन तथा होटल व्यवसायि मात्र सीमित नरहि नेपाल तेक्वान्दो संघका बाग्मती प्रदेशका अध्यक्ष समेत हुन् । २०७२ सालको महाभूकम्प पछि उनले उद्धार र राहतको काममा सक्रिय भएर नेतृत्वतहलाई सहयोग तथा सहकार्य गरी समाजसेवीको छवि पनि बनाए ।

नया पुस्ताले रुचाएका पेशाकर्मी, पर्यटन तथा समाजसेवी भन्दा पाण्डेको चर्चा भूगोलमा नुवाकोट सम्पदा गाउँका अभियानकर्मीको रुपमा छदैछ साथै, सम्पदा गाउँ निर्माणमा नीति बनाउन समेत उनको छवी प्रशंसनिय रहेको छ ।

अबको समयमा जनताको सेवक बन्नु नै आफ्नो लक्ष्य रहेको बताउछन् । नुवाकोट क्षेत्र नं. २ अन्तर्गत दुई नगरपालिका बिदुर र बेलकोट रहेका छन् । त्यस्तै ३ गाउँपालिका किस्पाङ, मेघाङ र तारकेश्वर पर्दछन् ।