सन्दीपलाई सात दिन हिरासतमा राख्न अनुमति

311
views

काठमाडौं, २४, असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी सात दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो ।