रुसले युक्रेनका मुख्य शहरमा गरेको शक्तिशाली मिसाइल आक्रमणको विश्वभर निन्दा

379
views

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल आक्रमणको विश्वभर निन्दा भएको छ । अमेरिकाले यो घटनालाई क्रुर हमलाको संज्ञा दिएको छ । रुसी मिसाईल आक्रमणको तीब्र विरोध गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारबाही ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको भन्दै रुसले यसको नराम्रो परिणाम भोग्ने चेतावनी दिएका छन् ।

त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टिनियो गुटेरेसले यो घटनाले आफूलाई गहिरो चोट पुगेको प्रतिक्रिया दिएका छन् । रुसले युक्रेनका विभिन्न शहरमा मिसाइल आक्रमण गर्दा दर्जन बढीको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

रुस युक्रेन युद्ध सुरु भए यता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दूरीका क्षेप्यास्त्रबाट आक्रमण गरिएको हो । युक्रेनका लवीव, तर्नोपिल, इभानो–फ्रान्किभस्क, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूमा पनि शक्तिशाली विस्फोट गराइएको छ ।