नवौँ राष्ट्रिय खेलकुदमा ३८ स्वर्णसहित नेपाल आर्मीको अग्रता

568
views

काठमाण्डौ, ३१, असोज । गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।

आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको छ । यस्तै, दोस्रोमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको छ ।

नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यसहित ३५ पदक, वाग्मतीले १० स्वर्णसहित ३६, गण्डकीले आठ स्वर्णसहित २८ र एनआरएनएले चार स्वर्णसहित ११ पदक जितेका छन् । यस्तै, मधेस प्रदेशले दुई स्वर्णसहित आठ र सुदूरपश्चिमले एक स्वर्णसहित १० पदक जितेका छन् ।