बस्ती बस्ती पुगेर मतदाता भेट्दै पर्वतका एमाले उम्मेवार

347
views

पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमाले पर्वतका उम्मेदवारको चुनावी कार्यक्रम कुश्मा नगरपालिका वडा नं. ८ चुवा र वडा नं. ९ कटुवाचौतारीमा सम्पन्न गरेको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवर सहित एमालेका केन्द्र, प्रदेश, जिल्ला र नगर स्तरीय नेताहरुको सहभागितामा विहान चुवामा विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको हो । दिउँसो कटुवाचौपारीका विभिन्न भागमा घरदैलो गरिएको थियो ।

सो अवसरमा कार्यकर्ता तथा मतदाताहरुलाई सम्वोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले जनताको सुख र दुःखमा साथ दिने पार्टी एमालेमात्र भएको बताए ।

गिरीले बृद्धबृद्धालाई बृद्धा भत्ता र विरामीलाई उपचार गर्न दिनेदेखि रोजगारी सिर्जना लगायतका कार्यक्रमले एमाले नागरिकको सुख र दुःखमा साथ दिने पार्टी स्थापित भएको बताए ।

कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले विकास निर्माण र समृद्धिको लागि एमालेको बिकल्प नभएको बताए ।

विगत पाँच वर्षमा एमालले प्रदेश र संघीय सरकार पुर्ण कार्यकाल सम्हाल्न नपाउँदापनि नागरिकले अनुभुती गर्नेगरी थुप्र्रै विकासका काम भएको बताउँदै सुखि जीवन विताउन र मुलुकलाई समृद्ध बनाउनका लागि फेरीपनि एमालेलाई फराकिलो बहुमतले बिजयी गराउन आग्रह गरे ।

त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी कार्यक्रम पैंयु गाउँपालिका वडानं. ७ भोर्लेमा सम्पन्न भएको छ । भोर्लेका विभिन्न बस्तीमा पुगेर बस्याल सहितको एमाले नेताहरुको टोलीले घरदैलो तथा कोणसभा गर्दै नागरिकसँग स्थानीय समस्याका बारेमा छलफल गर्दै भेटघाट गरेका छन् ।

गाउँमा सुविधासम्पन्न सडक, शिक्षा, खानेपानी, सिंचाई, स्वास्थ्य लगायतका पूर्वाधारलाई आफुले प्राथमिकता दिने उनको भनाई छ ।