पर्वत ‘क’ मा सुदिप कुँवरको जित सुनिश्चित

474
views

निर्मल पौडेल
पर्वत, ४, कार्तिक । पर्वत प्रदेश सभा ‘क’ का वाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार सुदिप कुँवरले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

बिहिबार नेकपा माओवादी केन्द्र पर्वत काठमाण्डौ सम्पर्क समन्वय समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा नेता कुवँरले यस्तो वताएका हुन् । आफू सधै पर्वतेली जनताका साथमा रहेर हरेक सुखःदुखमा साथ दिएको स्मरण गर्दै युवा नेता कुवँरले वाम–लोकतान्त्रिक गठवन्धनप्रति जनताहरुले देखाएको साथ र समर्थनले आफ्नो जित पक्कापक्की भएको जिकिर गरे ।

गठवन्धनप्रति जनलहर बढेको र आफूलाई अन्य आस्था र विचार राख्ने युवाहरुको पनि साथ र समर्थन रहेको कुँवरले बताए । गठवन्धनको जितले मात्र मुलुकको विकास र समृद्धि हुनेमा दुई मत नरहेको भन्दै कुवँरले लोकतन्त्र, राष्ट्रीयता र मुलुकको स्वाधिनताको रक्षाका लागि आम मतदाताहरुले गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।

कार्यक्रममा पुर्व सांसद तथा नेकपा माओवादी केन्द्रका युवा नेता गुणाखर वस्यालले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन बिचको लडाई हुने भन्दै संयुक्त वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार लाई विजयी गराउन सवै लाग्नुपर्नेमा जोड दिए ।

वस्यालले २१ औँ सताव्दीमा नेपाली जनताले चाहेको समाजवाद निर्माणको लागि जनताका आकांक्षा लाई पुरा गर्न र राजनितीक, आर्थिक उत्पादन संगै सामाजिक साँस्कृतिक रुपान्तरण गर्न गठवन्धनका उम्मेदवार हरुलाई विजयी गराउनुको विकल्प नभएको वताए । कार्यक्रममा माओवादी केन्द्रका युवा नेता उमाकान्त भुर्तेलले गठवन्धनकै नेतृत्ववाट पर्वतमा समृद्धिको लहर आउने धारणा व्यक्त गरे ।

यस्तै पर्वत काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष दिपक तिवारीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य क्रान्तिकारी आन्दोलन पर्वतका अथक योद्धा पर्वतेली जनताका आशा र भरोसाका केन्द्र युवाहरुका ढुकढुकी सुदिप कुँवरले दुई तिहाइँ वहुमतले जित्ने ठोकुवा गरे ।

पर्वत काठमाण्डौ सम्पर्क समन्वय समितीका पदाधिकारी र माओवादी केन्द्र समर्थक नेता कार्यकर्ताहरुले पर्वत क मा सुदिप कुँवर लाई जिताउन लागि पर्ने विश्वास व्यक्त गरेका छन् ।
पर्वत काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष दिपक तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सम्पर्क समन्वय समितीका कोषाध्यक्ष कमल रिजालले गरेका थिए ।