काजक्रियाका लागि आर्थिक सहयोग

510
views

पर्वत, १३, कार्तिक । बर्दिया जिल्ला घर भई हाल कुश्मा नगरपालिका वडा नं ६ बस्दै आएका २६ बर्षिय विष्णु खड्काको अकल्पनिय निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा बहुमत पर्वतले काजक्रियाका लागि आर्थिक सहयोग गरेको छ ।

स्व. जग बहादुर खड्का र सीता खड्काका जेठा छोरा विष्णु खड्काको २६ बर्षको कलिलो उमेरमा यहि कार्तिक १० गतेका दिन निधन भएको थियो ।

नेकपा बहुमत पार्टीमा आवद्ध रहेका उनले काजक्रियाका लागि पाँच हजार रुपैयाँ सहयोग गरिएको नेकपा बहुमतका जिल्ला सेक्रेटरी प्रकाश जंग लामिछानेले जानकारी दिए ।

नेकपा बहुमतको पर्वत जिल्ला पार्टीले कुश्मा नगरपालिका वडा नं–६ की कमिटी अध्यक्ष रिमा परियारको अध्यक्षतामा मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।