हरिबोधनी एकादशी, घर घरमा तुलसीको विवाह गरिदैं

357
views

काठमाडौं । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन छ । आज शुक्रबार हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाईदैछ ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुको पूजा अर्चनासहित तुलसी विवाह गर्ने गरिन्छ ।

हरिशयनी एकादशीका दिन छिरसागरमा शयन गरेका भगवान विष्णु आज उठ्ने धार्मिक विश्वास पनि छ । भगवान विष्णु शयन गर्ने भएकाले बितेका चार महिनामा विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।