डोटीमा भूकम्पले घर घत्किदा ६ जनाको मृत्यु, दर्जनौं घर भत्किए

527
views

डोटी, २३, कार्तिक । डोटीमा भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए ।

उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।