मुलबाटो विराएका ठूल्दाइका सन्ततिले टाउकाको मुल्य चुकाएपछि..

533
views

–यज्ञ गौतम
क. प्रचण्डसँग हाम्रो कुनै गुनासो छैन् । उनी कुनैबेला क्रान्तिकारी थिए अहिले छैनन् । हामीले भन्दै आएको एउटामात्र गुनासो त्यो हो तिमीले बिराएको बाटो हामीले स्पष्ट बनाएका छौं । बाटो बिराउने बटुवालाई राम भनेका हौं काँध थाप्न छाडिदिएको हो । प्रचण्डसँगको त्यो साईनो त्यतिबेलै सकियो जतिबेला हामीले एकिकृत जनक्रान्तिको महान यात्राको थालनी ग¥यौं । तर, बारम्बार उही नाङ्गो प्रचण्डसँगै ठोकिनुपर्ने बाध्यता छ किन ? अहिले यहि प्रश्नको समाधान हामीले खोजिरहेका छौं । यसको अन्र्तयमा पुग्दै गर्दा हामीले निकालेको निष्कर्ष यो हो कि प्रचण्ड अब दलाल नोकरशाही पूँजिपति वर्गको पक्षपोषणको कित्तामा पुगे र उनले यसको सेवा चाकडी गर्नु शिवाय अरु केही छैन् । के प्रचण्ड फर्किएलान ? यो पनि धेरै टाढाको विषय बन्यो । अब हामीले तिम्रो अन्र्तयको खुलासा गर्न थाल्यौं । प्रचण्ड ५८ को पेरीफेरीमा दिल्ली दरबारसँग निकै हिमचिम बढाउँदै थिए । उनले दिल्लीसँग तात्कालिन समयमा यस्तो प्रस्ताव राख्न सम्म पुगेकी जसले नेपालको मुक्ति आन्दोलनलाई यु–र्टन गरायो । जनयुद्वको विश्राम दिल्ली दरबारको आग्रहमा गराइयो । जतिबेला दिल्ली दरबारले राजाप्रतिको मोह घटाउँदै थियो ।
दरबारतिरको मोह घट्दो हुनु र प्रचण्डसँगँको हिमचिम बढ्नु संयोग मात्र थियो । तर पछिल्ला घटनाक्रमले यसैको पुष्टि ग¥यो । यो शंककाको दृष्टिकोणमा रहन पुग्यो । तात्कालिन समयमा गिरफ्तारमा परेका नेता मोहन वैद्य किरणले चुनुवाङ बैठक देखी नै समिक्षा गर्नुपर्ने विषय उठाए । जनयुद्वको रफ्तारको प्रचण्ड एककासी बाबुरामलाई साक्षी बनाउँदै शान्ति सम्झौताको बाटोमा आए । गिरफ्तार गरिएका वैद्यले चुनुवाङ बैठकदेखि नै यसको समिक्षा गर्नुपर्दछ भन्नु यो संयोग थिएन् । बरु विषय गम्भिर थियो । त्यसपछिका श्रृङखलाहरु भने त आम जनतामा समेत स्पष्ट भएको कुरा हो । जनमुक्ति सेनाको विघटन, भारत यहि चाहान्थ्यो । एक्काईसौं शताव्दीमा नेपालबाट उदाउँदो माक्र्सवादको जोखिम न्युनिकण विस्तारवादी; साम्राज्यवादी राष्ट्रहरुको चाहाना यहि थियो । प्रचण्डको अवशान गराउने र त्यसमा गोलबन्द क्रान्तिकारी नेताहरुको विगठन गराउने मनासयमा लोकतान्त्रिक बन्दै गएको नेपाली सेनामा पूर्व जनमुक्ति सेनाको न्युन समायोजन । सँगै ब्रिक्स राष्ट्रहरुको भुमण्डलीकरणले यि सबै नेपाली क्रान्तिलाई अवशान गराउनेतर्फ उद्धत थिए र प्रचण्ड पनि त्यसैको गोलचक्करमा नाचे जसको जस या अपजस भारत सामु तेर्सिन पुग्यो ।
प्रचण्ड नेतृत्व हुनुको नाताले धेरै दोषको भागी बने । त्यसपछिका दोस्रो दर्जाका नेतृत्वहरुको सवाल आउँछ । उनीहरु पनि यो जनयुद्वको उपलब्धी पछि किन बरबराउँदै छन् । सबै सबैको व्याख्या त समयक्रममा गर्दै जाउँला । तात्कालिन परिस्थितिमा जनयुद्वका डेपुटी कमाण्डर समेत रहेका जनार्दन गृहमन्त्री हुँदा नेकपा प्रति किन यति पूर्वाग्रही । यसको थोरै समिक्षा गर्दा तिमी पनि कतै दिल्ली दरबारको प्रेममा त फसेनौ । जनयुद्वका घटनाक्रम हामी सबैलाई अवगत नै छ । जनयुद्वका सहपाठीहरुका टाउकाको मुल्य समेत तोकिए जर्नादन पनि मुल्य भित्रैकका हौ । आतंककारीका विल्ला कै एक कार्यकर्ता हौ । हामी त्यो परिवर्तनमुखी आन्दोलनका कुनैबेलाका सिपाही हौ । अहिले आफ्नो टाउकाको समेत मुल्य भुल्यौ ? क. जर्नादन तिमीले उर्जामन्त्री हुँदा केही राम्रा काम पनि गरेका छौ । हामीलाई थकाउन मुद्दा मामला, गिरफ्तार धरपकड जस्ता कार्यमा पनि हौसिएका छौं । अहिले तिम्रा निर्णय सहि छैनन् । हाम्रो यात्रा निश्चित रुपमा पनि कठिनाई छ । कठिन यात्रामा कहिलेकाँही तिमीले दिएको प्रशिक्षण पनि काफी छ । हामी परिवर्तन गरेरै छाड्ने प्रतिवद्धता खाएका छौं । हाम्रो यात्रामा तिम्रो दमन राजा ज्ञानेन्द्रको देश दौडाहजस्तै हो । बाटो विराउनु तिम्रो पनि दोष होईन मात्र दोष के मा हो भने ‘हामरा नेपाल महान है ।’