सगरमाथा शिखरमा पुग्यो सेनाको टोली

240
views

काठमाण्डौ, १, जेठ । सफा हिमाल अभियानअन्तर्गत ल्होत्से र सगरमाथामा खटिएको नेपाली सेनाको टोली सगरमाथाको शिखर पुगेको छ ।

नेपाली सेनाका कणर्ेल किशोर अधिकारीको नेतृत्वमा सह-सेनानीहरू दिपेन्द्रसिंह खत्री, विष्णुबल राई र दुई जवानहरू किशोर जवेगु, शंकर कुँवर गरी पाँच जना र पाँच जना आरोहण सहयोगीले सगरमाथा आरोहण गरेका नेपाली सेनाले जनाएको छ । उनीहरूले बिहान १० बजेर ५ मिनेटमा शिखर आरोहण गरेका हुन् ।

सेनाको टोलीसँगै माउन्टेन गाइडका रूपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पालेसमेत हिमाल आरोहण गरेका छन् । सेनाको टोली भोलि मङ्गलवार ल्होत्से आरोहणको तयारीमा छ ।